गैरकाष्ठ वन पैदावार नीति अनुसन्धानमा पहल
जुलाई २८–३०, २००४ मा गोदावरीमा आयोजना गरिएको सामुदायिक वन र गैरकाष्ठ वन पैदावार नीति अनुसन्धान कार्यशाला नेपालको सामुदायिक वन र गैरकाष्ठ वन पैदावार उपक्षेत्रमा पहलका रूपमा सहभागितामूलक क्रियात्मक अनुसन्धानको ठोस नतिजा, ठोस निष्कर्षसहित टुङ्गियो। न्यायोचित नीति अनुसन्धान कहिल्यै नगरिए पनि नीति तर्जुमा, संशोधन र लागू गरिए। यही सन्दर्भमा एन्सावले वन तथा भू–संरक्षण मन्त्रालय, वन विभाग, एचबीटीएल, बीडीएस–म्याप्स, फेकोफन, एचजेएसएस, नेफेज, आईडीआरसी, एसएनभी, वनस्पति स्रोत विभाग, एनएआरएमएसएपी, म्यापा–नेपाल र न्यु इराका प्रतिनिधिलाई एकै ठाउँमा ल्याएर कार्यशाला आयोजना गर्यो। नीतिगत प्रक्रियाबारे छलफल नीति अभियन्ताका विवेकशील र बुद्धिमानी तर्कका बीच तल्लो तहका जनताका वास्तविक आवाजसँगै गहन भयो।
कार्यशालाको उद्देश्य विगतमा गरिएका निर्णयका नीति निर्माण प्रक्रियामाथि प्रतिबिम्ब, प्रभाव परीक्षण, अनुभव र नतिजामा गहिरिएर सहभागितामूलक क्रियात्मक अनुसन्धानको ढाँचामा प्रमुख सरोकारवालाको अनुभवजन्य सिकाइ गर्नु थियो। उद्देश्य हासिल गर्न विगतमा गरिएका प्रक्रियाले नीति तर्जुमा गर्न कसरी सघाएका छन् भन्नेमा प्रयास गरिए।