बढ्दो ऊर्जा सङ्कट र बायोमास ऊर्जा
१३ नोभेम्बर २०१२
एन्साबले कृषि मासिक पत्रिका हिपातको सहकार्यमा २०१२ नोभेम्बर १२ मा काठमाडौंमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सहसचिव, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) का उप–निर्देशक र नागरिक समाज तथा ब्रिकेट उद्यमका प्रमुख सरोकारवालाको संलग्नतामा “बढ्दो ऊर्जा सङ्कट र बायोमास ऊर्जा” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। अन्तरक्रिया कार्यक्रम सरोकारवालाको सुधारिएको बुझाइमार्फत ब्रिकेट मूल्य शृङ्खलाका लागि राम्रो नीतिगत वातावरण सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। अन्तरक्रियाले बायोमास ऊर्जाको उत्पादन र बजारीकरणमा संलग्न सामुदायिक उद्यम र बजारीकरण कम्पनीका मुद्दा अगाडि ल्याउन र नीति निर्माता र उद्यमीबीचको अन्तर घटाउन मद्दत गर्यो। कार्यक्रम बायो–ब्रिकेट मूल्य शृङ्खलाका लागि अनुसन्धान तथा विकास, प्रविधि, बजारीकरण र आर्थिक सहयोगमा लगानी गर्न सरकारी सहयोग सुनिश्चित गर्ने नीति निर्मातासँग प्रतिबद्धता लिन सफल रह्यो।