नेपालका लागि एफएससी राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड (NFSS) को मस्यौदा
३० नोभेम्बर २०१७
एनएफएसएस ले चासो राख्ने पक्षलाई आफ्ना वन वातावरणीय रूपमा उपयुक्त ढङ्गले व्यवस्थापन गर्न मानक (सूचक) उपलब्ध गराउँछ: काठ, गैरकाष्ठ उत्पादन र पारिस्थितिक प्रणाली सेवाको उत्पादनले वनको जैविक विविधता, उत्पादकत्व र पारिस्थितिक प्रक्रिया कायम राख्छ; सामाजिक रूपमा लाभदायक: वन व्यवस्थापनले स्थानीय मानिस र समग्र समाज दुवैलाई दीर्घकालीन लाभ लिन सघाउँछ र त्यसैले वन स्रोत टिकाउन र दीर्घकालीन व्यवस्थापन योजना पालना गर्न बलियो प्रोत्साहन उपलब्ध गराउँछ; आर्थिक रूपमा व्यवहार्य: वन सञ्चालन वन स्रोत, पारिस्थितिक प्रणाली वा प्रभावित समुदायको मूल्यमा आर्थिक नाफा नकमाई पर्याप्त नाफामूलक हुने गरी संरचित र व्यवस्थित गरिन्छ। पर्याप्त आर्थिक प्रतिफल प्राप्त गर्नुपर्ने आवश्यकता र जिम्मेवार वन सञ्चालनका सिद्धान्तबीचको तनाव वन पैदावारलाई उत्कृष्ट मूल्यमा बजारीकरण गर्ने प्रयासमार्फत घटाउन सकिन्छ।
एफएससी एनएफएसएस नेपाल पूर्व–स्वीकृति मस्यौदा (३.०) डाउनलोड गर्नुहोस्.