एफएससीले नेपालका लागि राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड सार्वजनिक गर्यो
२९ जनवरी २०२०
नेपालका लागि राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड (एनएफएसएस) एफएससीले सार्वजनिक गरेको छ। यो मापदण्ड दुईवटा सार्वजनिक परामर्शसहित बहु–सरोकारवाला प्रक्रियाबाट एन्साबले समन्वय गरेको सन्तुलित प्रतिनिधित्व भएको (चेम्बर–ब्यालेन्स्ड) मापदण्ड विकास समूहद्वारा तयार गरिएको हो।
मापदण्डलाई दुई फरक भौगोलिक क्षेत्रका विभिन्न वनमा क्षेत्र परीक्षण गरिएको थियो। यो मापदण्ड नेपालभित्र एफएससी प्रमाणीकरण खोज्ने सबै वन सञ्चालनमा लागू हुन्छ। यो मापदण्ड प्राकृतिक र रोपित वनसहित सबै प्रकारका वन, सबै वन व्यवस्थापन प्रणाली र नेपालका भौगोलिक क्षेत्र (राष्ट्रिय र उप–राष्ट्रिय तह) मा लागू हुन्छ।
नेपालको राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड (अङ्ग्रेजी संस्करण) हेर्न एफएससी डकुमेन्ट सेन्टर मा जानुहोस्। थप जानकारीका लागि एफएससी एसिया प्यासिफिक ब्लग र एफएससी वेबसाइट हेर्नुहोस्।
नेपालका लागि राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड २०२० मार्च ३० देखि लागू हुनेछ।