१७ मे २०१८

एफएससीले नेपालका लागि राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड (NFSS) स्वीकृत गर्‍यो


१७ मे २०१८

नेपालका लागि राष्ट्रिय वन स्टुअर्डसिप मापदण्ड (एनएफएसएस) हालै एफएससी नीति तथा मापदण्ड समिति (पीएससी) बाट कुनै सर्त बिना स्वीकृत गरिएको छ। यो मापदण्ड दुईवटा सार्वजनिक परामर्शसहित बहु–सरोकारवाला प्रक्रियाबाट एन्साबले समन्वय गरेको सन्तुलित प्रतिनिधित्व भएको मापदण्ड विकास समूहद्वारा तयार गरिएको हो। मापदण्डलाई दुई फरक भौगोलिक क्षेत्रका विभिन्न वनमा क्षेत्र परीक्षण गरिएको थियो। यो मापदण्ड नेपालभित्र एफएससी प्रमाणीकरण खोज्ने सबै वन सञ्चालनमा लागू हुन्छ। यो मापदण्ड प्राकृतिक र रोपित वनसहित सबै प्रकारका वन, सबै वन व्यवस्थापन प्रणाली र नेपालका भौगोलिक क्षेत्र (राष्ट्रिय र उप–राष्ट्रिय तह) मा लागू हुन्छ।

सूचना इमेलमा एफएससीले नेपालमा एनएफएसएस विकासको पारदर्शी र सहभागितामूलक प्रक्रियाबाट पीएससी प्रभावित भएको र कुनै सर्त बिनाको स्वीकृतिले मापदण्ड विकास समूहको अत्यन्त उच्च स्तरको कार्यसम्पादन देखाउने उल्लेख गरेको छ।

थप जानकारीका लागि कृपया एन्साब नेपालका कार्यकारी निर्देशक डा. भीष्म प्र. सुवेदीलाई सम्पर्क गर्नुहोस्: इमेल: [email protected]