१ डिसेम्बर २००८

इन्टरप्राइज वर्क्स/भिटाले एभेडा र हिमालयन बायोट्रेड लिमिटेडको सहकार्यलाई सफलताका कथामा सूचीकृत गर्‍यो


१ डिसेम्बर २००८

इन्टरप्राइजवर्क्स/भिटा, सफलताका कथा, डिसेम्बर २००८

नेपालका अद्वितीय प्राकृतिक उत्पादनको सफलतापूर्वक बजारीकरण गर्न सक्ने निजी–सार्वजनिक साझेदारी सहजीकरण गर्न इन्टरप्राइजवर्क्स/भिटा (ईडब्लूभी) र नेपालमा यसको स्थानीय साझेदार एन्साबले गरेका प्रयासलाई ईडब्लूभी को वेबसाइटमा सफलताका कथाका रूपमा सूचीकृत गरिएको छ। एभेडा र हिमालयन बायो ट्रेड प्रा. लि. (एचबीटीएल) – जसबाट कागज प्राप्त गरिएको समुदायमा आधारित प्राकृतिक उत्पादन प्रशोधन तथा व्यापार कम्पनी – बीचको सफल सहकार्य २००३ सम्म फर्किने वर्षौँको कामको परिणति हो र ईडब्लूभी र एन्साबले गरेका प्रयासको नतिजा हो। साझेदारीमा स्थानीय नेपाली गैरसरकारी संस्था, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय वन पैदावार कम्पनी, रेनफरेस्ट एलायन्स र एभेडा समावेश छन्।

ईडब्लूभी को वेबसाइटमा पूरा कथा पढ्नुहोस्