२२ अप्रिल २०२४
विश्व पृथ्वी दिवस २०२४

२२ अप्रिल २०२४
२२ अप्रिल २०२४ – पृथ्वी दिवस २०२४ का अवसरमा एन्साबले कावासोती नगरपालिका, डिभिजन वन कार्यालय–नवलपुर र नवलपुर जिल्लाको पर्यटन समितिसँगको समन्वयमा वक्तृत्वकला तथा कविता प्रतियोगिता आयोजना गर्यो। वक्तृत्वकला प्रतियोगिता कक्षा ८ देखि १२ सम्मका विद्यार्थीका लागि र कविता प्रतियोगिता कक्षा ५ देखि ८ सम्मका विद्यार्थीका लागि थियो। दुवै प्रतियोगिताको मुख्य विषय “पृथ्वीमा प्लास्टिकको प्रभाव” थियो। यो कार्यक्रम एन्साबको “ग्रामीण समुदायमा प्रकृति संरक्षण तथा कृषि वनजङ्गल उत्पादन” परियोजनाको सहयोगमा स्थापित इको–क्लब भएका कावासोती नगरपालिकाका विद्यालयका लागि तय गरिएको थियो।