१७ अप्रिल २००३

समुदायमा आधारित गैरकाष्ठ वन पैदावार व्यवस्थापन कार्यशाला

अभिलेखयो सामग्री एन्साबको पुरानो वेबसाइटबाट लिइएको हो र त्यतिबेला प्रकाशित भएकै रूपमा देखाइएको छ। नाम, कार्यालय र सम्पर्क विवरण परिवर्तन भएका हुन सक्छन्।अभिलेखबाट थप →

“समुदायमा आधारित गैरकाष्ठ वन पैदावार व्यवस्थापन” सम्बन्धी दुई दिने पश्चिमी क्षेत्रीय कार्यशाला अप्रिल १६ र १७, २००३ मा पोखरामा भयो। कार्यशाला एन्सावले पोखराको एनएआरएमएसएपी र धौलागिरीको एलएफपीको सहकार्यमा आयोजना गरेको थियो। कार्यशालाको मुख्य केन्द्रबिन्दु पश्चिमी विकास क्षेत्रमा गैरकाष्ठ वन पैदावारसँग सम्बन्धित गतिविधि आदानप्रदान गर्नु र गैरकाष्ठ वन पैदावारको उपयोग तथा दिगो सङ्कलनसँग सम्बन्धित साझा मुद्दा पहिचान गर्नु थियो। वन तथा भू–संरक्षण मन्त्रालय, फेकोफन, एचजेएसएस र दातृ निकाय (एसएनभी, एसडीसी, एनएआरएमएसएपी र एलएफपी) का उच्चपदस्थ अधिकारीले कार्यशालामा भाग लिए।