२७ सेप्टेम्बर २०२३

नवलपुरमा विश्व पर्यटन दिवस २०२३ को उत्सव

Celebrating World Tourism Day 2023 in Nawalpur


२७ सेप्टेम्बर २०२३

२७ सेप्टेम्बर २०२३ – विश्व पर्यटन दिवस २०२३ का अवसरमा कावासोती नगरपालिकाले सरकारी अधिकारी र प्रमुख सरोकारवालाको उपस्थितिमा आयोजित समारोहमा आफ्नो नयाँ ‘पर्यटन शाखा’ उद्घाटन गर्‍यो। प्रदेश मन्त्री माननीय रोशन गहाले उद्घाटन गर्नुभएको यो कार्यक्रम नगरपालिका तहमा पर्यटनका लागि महत्त्वपूर्ण अगाडिको कदम हो। नगरपालिका, निजी क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी समन्वय र सहकार्य सुनिश्चित गर्न एउटा समिति गठन गरियो। यो समितिले पर्यावरण–पर्यटन पहलमा राम्रो योजना र उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ। यो नवलपुर पर्यटन सङ्घ, पर्यटन तथा उद्यम विकास कार्यालय नवलपुर, कावासोती नगरपालिका र एन्साबको संयुक्त प्रयासबाट सम्भव भएको हो।

नवलपुरको पर्यटन क्षेत्रका लागि कार्ययोजना तयार गर्न एन्साबले प्राविधिक सहयोग उपलब्ध गराउँदै महत्त्वपूर्ण भूमिका खेल्यो। कावासोती नगरपालिका र पर्यटन तथा उद्यम विकास कार्यालय नवलपुरले यस क्षेत्रमा पर्यावरण–पर्यटनको विकासका लागि यो कार्ययोजना संयुक्त रूपमा प्रस्तुत गरे।

साथै, दिगो र जिम्मेवार पर्यावरण–पर्यटनको प्रवर्द्धनका लागि अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरियो। यो कार्यक्रमले पर्यावरण–पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायको भूमिका र जिम्मेवारीबारे शिक्षित गर्ने लक्ष्य राखेको थियो। नगरपालिका कार्यालयबाट एक उत्साहजनक र्‍यालीसमेत आयोजना गरी नवलपुरका मुख्य सडकमा परेड गरियो, जसले नवलपुर जिल्लामा रहेको समृद्ध सांस्कृतिक विविधतालाई प्रतिबिम्बित गर्‍यो।

नवलपुरमा विश्व पर्यटन दिवसको उत्सवले जिल्लाको पर्यटन सम्भावना उजागर गर्छ, प्रमुख सरोकारवालासँगको साझेदारी सुदृढ गर्छ र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई बढावा दिने पर्यावरण–पर्यटन गतिविधिमा समुदायलाई संलग्न गराउँछ। कार्यक्रम कावासोती नगरपालिका, नवलपुर पर्यटन सङ्घ र अन्य सम्बन्धित सरोकारवालाबीचको संयुक्त प्रयास थियो, जसले पर्यावरण–पर्यटनको आशलाग्दो भविष्यका लागि मञ्च तयार गर्‍यो।

कार्यक्रमका थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्।