१४ फेब्रुअरी २०१२

कार्बन व्यापारले व्यवसायीलाई लोभ्यायो


१४ फेब्रुअरी २०१२

नेपालमा सबैभन्दा बढी पढिने अङ्ग्रेजी दैनिकमध्ये एक द काठमाडौं पोस्टमा राजेन्द्र मानन्धर लेख्छन्:

सामुदायिक वनले वन संरक्षण र कार्बन सञ्चयका लागि रकम पाइरहेको हुँदा व्यवसायी समुदायले कार्बन व्यापारमा रुचि देखाएको छ।

इसिमोड, फेकोफन र एन्साबको आमन्त्रणमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सूरज वैद्यसहितका व्यवसायी कार्बन व्यापारको सम्भावनाबारे अध्ययन गर्न दोलखा पुगे।

फेकोफनका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद खड्काले कार्बन व्यापार सुलभ भएमा देशभरका सामुदायिक वनसँग आबद्ध १८,००० मानिसले लाभ लिन सक्ने हुँदा कार्बन व्यापारमा व्यवसायी समुदायको ध्यान आकर्षित गरेको बताए। दोलखा फेकोफन शाखाकी अध्यक्ष सीता केसीले कार्बन सञ्चय गरेर नेपाललाई कार्बन कोषबाट लाभ दिलाउन गैरसरकारी संस्थाको मात्र प्रयास पर्याप्त नभएकाले निजी क्षेत्रको सहयोग मागिएको बताइन्। वैद्यले विश्वभरका ८०,००० कम्पनी संलग्न कार्बन कोषको कारोबार रु. १६० अर्ब रहेको र कार्बन व्यापारमा पहुँच भए नेपालले अझ धेरै लाभ पाउन सक्ने बताए। उनले नेपालले हालसम्म कार्बन व्यापारबाट ०.०२५ प्रतिशत मात्र लाभ पाएको बताए।