रेड–प्लसमा एसिया–प्यासिफिक एफसीपीएफ क्षमता विकास परियोजनाको क्षेत्रीय अनुभव आदानप्रदान कार्यशाला

१६ फेब्रुअरी २०२३
एन्साब र टेबटेब्बाले संयुक्त रूपमा २०२३ फेब्रुअरी १२ देखि १४ सम्म थाइल्यान्डको बैङ्ककमा क्षेत्रीय अनुभव आदानप्रदान कार्यशाला आयोजना गरे। कार्यशालाले उप–परियोजना कार्यान्वयन गरेका आदिवासी जनजाति सङ्गठन र नागरिक समाज संस्थाका प्रतिनिधि, ईआरपी देशका रेड–प्लस फोकल पर्सन, क्षेत्रका नागरिक समाज संस्था/आदिवासी जनजाति एफसीपीएफ पर्यवेक्षक, आदिवासी जनजातिका क्षेत्रीय सञ्चालन समिति (RSC) र नागरिक समाज संस्था/स्थानीय समुदायका क्षेत्रीय सल्लाहकार समिति (RAC) का सदस्य, रेड–प्लसमा काम गर्ने क्षेत्रीय संस्था र विश्व बैंक (WB) सहित १० वटा एफसीपीएफ देशका ६५ प्रतिनिधिलाई एकै ठाउँमा ल्यायो। कार्यशालाले क्षेत्रका आदिवासी जनजाति तथा स्थानीय समुदायबीच प्रत्यक्ष अनुभव र उत्कृष्ट अभ्यास साझा गर्न, कमीकमजोरी र चुनौती पहिचान गर्न, आफ्नो देश र समुदायका रेड–प्लस तथा ईआरपी सम्बन्धी परियोजनाबाट सिकाइ निकाल्न र अन्त्यमा अगाडि बढ्ने उपाय पहिचान गर्न रचनात्मक संवादलाई प्रोत्साहित गर्यो।
क्षेत्रीय कार्यशालाले नागरिक समाज संस्था र स्थानीय समुदायलाई समान काम गरिरहेका अन्य सरोकारवालासँग सञ्जाल निर्माण गर्ने, तिनीहरूबाट सिक्ने र तिनको ज्ञानमा पहुँच पाउने अवसर उपलब्ध गरायो। कार्यशालाहरूमा आमनेसामने भेट्ने अवसरले रेड–प्लस एजेन्डा र प्रक्रियामा संलग्न हुने विचार, परियोजनागत चुनौती र रणनीतिको आदानप्रदानलाई सहज बनायो। क्षेत्रीय अनुभव आदानप्रदान कार्यशालाले ईआरपी नभएका देशसहितका सहभागीलाई रेड–प्लस प्रक्रियामा आदिवासी जनजाति तथा स्थानीय समुदायको प्रभावकारी सहभागिता र ईआरपी बाट लाभ लिनका लागि ईआरपी देशका अनुभवबाट सिक्ने अवसर दियो। नागरिक समाज संस्था र स्थानीय समुदाय आफ्नो सानो समुदायभन्दा बाहिर योगदान दिन र अभ्यासकर्ताको फराकिलो सञ्जालमा सहभागी हुन सक्षम भए, जसले उनीहरूलाई अझ टाढासम्म सोच्न र अभ्यासकर्ताको विश्वव्यापी समुदायको हिस्सा बन्न सघायो। क्षेत्रीय सिकाइ कार्यक्रमले उप–परियोजनाका सफलता साझा गर्न सशक्त भएका र अन्य अभ्यासकर्ताले साझा गरेका पाठका आधारमा अगाडिका सम्भावित अवसरतर्फ हेर्न प्रेरित भएका अभ्यासकर्ताको फराकिलो समुदाय निर्माण गर्यो।
प्रतिवेदन डाउनलोड गर्न “डाउनलोड” मा क्लिक गर्नुहोस्।