एन्साबले पापुवा न्यु गिनीमा प्राविधिक सेवा प्रदान गर्यो
२ सेप्टेम्बर २०११
एन्साबले पापुवा न्यु गिनी (पीएनजी) मा हातेकागज उत्पादनका लागि आफ्नो प्राविधिक सेवा उपलब्ध गराउन थालेको छ। संस्थाका हातेकागज प्राविधिक श्री पाल्देन शेर्पा गत हप्ता पीएनजी का लागि प्रस्थान गर्नुभयो र पीएनजी का स्थानीय समुदायलाई देशमा हातेकागज बनाउन ४५ दिने तालिम सुरु गर्नुभएको छ। एन्साब र पीएनजी को प्रमुख खुद्रा/थोक सङ्गठन सीपीएल समूहले २०१० मा वन स्रोत संरक्षण गर्न, पारिस्थितिक प्रणाली सेवा कायम राख्न र समुदायलाई आफ्ना प्राकृतिक स्रोतको जिम्मेवार संकलनतर्फ कदम चाल्न स्थानीय समुदायभित्र नमुना परियोजना सुरु गर्न पीएनजी मा तथ्य–अन्वेषण मिसनका लागि साझेदारी विकास गरेपछि पीएनजी मा संस्थाको प्राविधिक सेवा सुरु भएको हो। एन्साबले सीपीएललाई समुदायका लागि उद्यमका विकल्प पहिचान गर्न र सामुदायिक उद्यम विकास तथा वातावरण संरक्षणका लागि हस्तक्षेप डिजाइन गर्न आफ्नो विशेषज्ञता पनि उपलब्ध गराउनेछ। एन्साबले तयार उत्पादनका लागि बजार खोज्न सीपीएललाई सहयोग पनि गर्नेछ।