एन्साबले मनायो विश्व पशुचिकित्सा दिवस
२४ मे २०१६
एन्साबले २०१६ अप्रिल ३० मा बाँकेको जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको “एक स्वास्थ्यमा केन्द्रित निरन्तर शिक्षा” विषयवस्तुसहितको विश्व पशुचिकित्सा दिवस मनायो। यो कार्यक्रम युरोपेली सङ्घको आर्थिक सहयोग र रिलिफ इन्टरनेसनलसँगको साझेदारीमा एन्साबले नेपालमा कार्यान्वयन गरेको एक स्वास्थ्य एसिया कार्यक्रमसहित जुनोटिक रोग र एक स्वास्थ्यमा काम गर्ने सबै संस्थाको संयुक्त प्रयासमा सम्पन्न भएको थियो। यो कार्यक्रम विश्व पशुचिकित्सक सङ्घ र विश्व पशु स्वास्थ्य सङ्गठनले आयोजना गरेको विश्व पशुचिकित्सा दिवस उत्सवको एक हिस्सा थियो। जुनोटिक रोग र एक स्वास्थ्यसम्बन्धी सन्देश भएका नारा ब्यानर र प्ले–कार्डसहित नेपालगञ्जका प्रमुख भागमा र्याली आयोजना गरियो। कार्यक्रममा ओएचएपी का कर्मचारी, ओएचएपी ले तालिम दिएका सामुदायिक स्वास्थ्यकर्मी र विद्यालय स्वास्थ्य क्लबका सदस्य तथा जिल्ला पशु सेवा कार्यालयका सदस्य र जुनोटिक रोग तथा एक स्वास्थ्यमा काम गर्ने अन्य सम्बन्धित सरकारी/गैरसरकारी निकाय र कर्मचारीको सक्रिय सहभागिता थियो।