२७ अगस्ट २००९

सबैभन्दा नवीन विकास परियोजना (MIDP) पुरस्कारमा एन्साब दोस्रो


२७ अगस्ट २००९

ग्लोबल डेभलपमेन्ट नेटवर्क (जीडीएन) ले आयोजना गरेको सबैभन्दा नवीन विकास परियोजना (एमआईडीपी) पुरस्कार २००८ मा विश्वभरबाट पेश भएका १८० प्रस्तावमध्ये एन्साबको “समुदायमा आधारित उद्यमबाट जैविक विविधता संरक्षण” दृष्टिकोण दोस्रो उत्कृष्टका रूपमा छनोट भयो। यो पुरस्कार महत्त्वपूर्ण विकास आवश्यकताका लागि नयाँ दृष्टिकोण समेटिएका र विकासशील तथा सङ्क्रमणकालीन देशका गरिबलाई लाभ पुर्‍याउने ठूलो सम्भावना बोकेका परियोजना भएका संस्थाहरूलाई प्रदान गरिन्छ। प्रतिष्ठित निर्णायक समितिको अन्तिम मूल्याङ्कनपछि एन्साबले २००९ फेब्रुअरी ३–५ मा कुवेतमा आयोजित जीडीएन को १०औं वार्षिक सम्मेलनका क्रममा पुरस्कार प्राप्त गर्‍यो। एन्साब हालसम्म सबैभन्दा नवीन विकास परियोजना पुरस्कारको फाइनलिस्ट हुने पहिलो नेपाली संस्था हो।