१ फेब्रुअरी २०२२

रेड–प्लसमा एसिया–प्यासिफिक एफसीपीएफ क्षमता विकास परियोजनाअन्तर्गत एन्साबले तीन उप–परियोजना प्रदान गर्‍यो


१ फेब्रुअरी २०२२

नागरिक समाज संस्था (सीएसओ) र स्थानीय समुदाय (LCs) का लागि रेड–प्लसमा एसिया–प्यासिफिक एफसीपीएफ क्षमता विकास परियोजनाको प्राप्तकर्ताका रूपमा एन्साबले देशस्तरीय क्षमता विकास गतिविधि कार्यान्वयन गर्न फिजी, नेपाल र भियतनाम प्रत्येकमा एकएकवटा गरी निम्न तीन उप–परियोजना प्रदान गरेको छ।

  • फिजी: ईआरपी स्थलका १४ लक्षित नागरिक समाज संस्था र स्थानीय समुदाय तथा २ टापु अल्पसङ्ख्यक समुदायको रेड–प्लस ज्ञान सुदृढ गर्न क्षमता विकास र ईआरपी सामुदायिक चेतना अभिवृद्धि (फिजी), जीटीएम (ग्रेस ट्रिफाम मिनिस्ट्री) ले कार्यान्वयन गरिरहेको।
  • नेपाल: नेपालमा रेड–प्लससम्बन्धी स्थानीय समुदाय र नागरिक समाज संस्थाको क्षमता विकास (CBLC नेपाल), फेकोफन (सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल) ले कार्यान्वयन गरिरहेको।
  • भियतनाम: भियतनामको उत्तरी मध्य क्षेत्रमा उत्सर्जन न्यूनीकरण कार्यक्रमको लाभ बाँडफाँड संयन्त्रको अनुगमनमा स्थानीय समुदाय र नागरिक समाज संस्थाको क्षमता विकास, सेन्टर फर पिपल एण्ड नेचर रिकन्सिलिएसन (प्यानचर) ले कार्यान्वयन गरिरहेको।

यी उप–परियोजनाका प्रस्ताव, प्रस्ताव आह्वान; योग्यताका आवश्यकता पूरा भएको आधारमा प्रस्ताव छनोट गर्न प्रशासनिक जाँच; स्वतन्त्र विज्ञ समूहद्वारा प्राविधिक मूल्याङ्कन; र प्राथमिकता प्राप्त प्रस्तावको प्राविधिक पुनरावलोकन तथा उचित सावधानी (ड्यु डिलिजेन्स) समावेश भएको कडा प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिएका थिए।